एकल विन्दु सेवा केन्द्र सञ्चालनबाट परिसंघ उत्साहित

Advertisement

काठमाडौँ । नेपाल उद्योग परिसंघ लगायत निजी क्षेत्रका संघसंस्थाले धेरै पहिलेदेखि माग गर्दै आएको एकल विन्दु सेवा केन्द्रकोव्यवस्था सहित सोको स्थापना र सञ्चालन सरकारबाट विधिवत रुपमा जेष्ठ १ गतेदेखि प्रारम्भ भएकोमा परिसंघले खुसी व्यक्त गरेको छ ।

औद्योगिक व्यवसाय ऐनमा भएको प्रावधान अनुसार धेरै वर्षपछि विशेषतःउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा उद्योग विभागको परिसरमा रहने गरी व्यवस्था गरिएको यस केन्द्रमा विभिन्न ठाउँमा छरिएर रहेका सरकारी निकाय एकै स्थानमा हुनेछन् ।

एकै स्थानबाट उद्योग दर्ता,कम्पनी रजिष्ट्रेशन, विदेशी लगानीकर्ताको लागि भिषा प्रक्रिया, वातावरण मूल्याङ्क, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, पूर्वाधार, जग्गा, प्रशासन,निर्यात, भन्सार, राष्ट्रिय बैँक समेतका शाखा रहने गरी व्यवस्था गरिएको यो केन्द्र नेपालको लागि नौलो प्रयोग हो ।

तापनि यसको व्यवस्थित सञ्चालन,समन्वय, निर्णयमा तदारुकता अन्तर सरकारी निकायहरु बीच समझदारी सहित लगानीकर्तालाई तोकिएको समयमा सेवा उपलब्ध गराउन यो केन्द्र प्रभावकारी एवं लगानीकर्ता आकर्षित हुने विश्वास परिसंघले लिएको छ ।

सरकारी निकायको झण्झटीलो प्रक्रियाका कारण हैरानी भएका लगानीकर्ता यस एकल विन्दु सेवा केन्द्रको स्थापनापछि यसको प्रभावकारी सञ्चालनबाट उत्साहित भएर आएका स्वदेशी एवं विदेशी लगानीकर्ताहरु आउँदा दिनमा हतोत्साहित हुने अवस्था नआउने अपेक्षा परिसंघले लिएको छ ।

Advertisement

Advertisement

Advertisement