प्राइमसँग कुरा नमिलेपछि ओम डेभलपमेन्ट बैंक एनएमबिमा गाभियो

Advertisement

काठमाडौं । ओम डेभलपमेन्ट बैंक एनएमबिसँग गाभिने भएको छ । प्राइम बैंकसँग एकताका लागि लामो प्रयास असफल भएपछि ओम एनएमबिसँग गाभिन आइपुगेको हो ।

प्राइमसँग सम्झौता भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । सो अनुरुप ओमले एनएमबिसँग मिल्न हात अघि बढाएको हो । मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओ रहनेछन्।

Advertisement

Advertisement

Advertisement