एनआईसी एसियाले १०.२५ प्रतिशत ब्याज दिनेगरी चार अर्ब ४० करोड ऋणपत्र निष्काशन गर्ने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया ऋणपत्र २०८३/८४’ निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले एक हजार रुपियाँ अंकित दरका ४४ हजार कित्ताले हुन आउने चार अर्ब ४० करोड रुपियाँ बराबरको सात वर्षको अवधिमा परिपक्व हुने वार्षिक व्याजदर १० दशमलव २५ प्रतिशत भएको ऋणपत्र निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको हो ।

प्रस्तावित १० दशमलव २५ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने बैंकको भनाई छ । उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिस जोशीले हस्ताक्षर गरे ।

ऋणपत्रमध्ये ६० प्रतिशत (दुई अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (एक अर्ब ७६ करोड) सर्वसाधारणका लागि भएको जनाउँदै बैंकले नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि निष्काशन तथा बिक्री खुल्ला गरिने जनाइएको छ । प्रस्तावित ऋणपत्र १० दशमलव २५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

Advertisement

Advertisement

Advertisement