नेपाल इन्स्योरेन्सको हकप्रद सेयर आइतबारदेखि लिलामी हुँदै

Advertisement

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले नबिकेकोे हकप्रद सेयर आइतबारदेखि लिलामी गर्ने भएको छ ।

कम्पनीको नबिकेको सेयरमध्ये संस्थापकतर्फ दुई हजार पाँच सय ११ दशमलव ७३ कित्ता र सर्वसाधारणतर्फ एक लाख ४४ हजार पाँच सय ९१ कित्ता शेयर बाँकी रहेको थियो ।

उक्त शेयरको न्यूनतम मूल्य एक सय रुपियाँ कायम गरी जेठ १९ गतेसम्म लिलामीमा रहने कम्पनीले जनाएको छ । बोलकबोल गर्दा न्यूनतम सय कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement