नेपाल बङ्गलादेश बैँकद्वारा बीमा दाबीको रकम हस्तान्तरण

Advertisement

काठमाडौँ । नेपाल बङ्गलादेश बैँकले दुर्घटनामा परी निधन भएका न्यूरोड शाखाका ग्राहक विदुर देउलाको परिवारलाई बीमा दाबीको रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । मृतक देउलाको श्रीमती हरिशोभा महर्जनलाई बीमा दावी बराबरको रकम एक लाख ३० हजार दुई सय ४८ रुपियाँ हस्तान्तरण गरेको हो ।

बैँकमा खाता खोल्दा खातावालाको दुर्घटनामा परी मृत्यु भएमा खातामा रहेको रकमको दोब्बर, बढीमा पाँच लाख रुपियाँसम्मको बीमा हुने व्यवस्था रहेको बैँकले जनाएको छ ।

बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो ९० शाखा, सात एक्सटेन्सन काउन्टर, दुई शाखारहित घरदैलो बैँकिङ्ग सेवा तथा ७२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement