भाटभटेनी सुपर मार्केटको १६औं आउटलेट सातदोबाटोमा

Advertisement

काठमाडौं । भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुरले गुरुङले शुक्रबार आउटलेटको उद्घाटन गरे ।

उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ । भाटभटेनी ग्रुपका अनुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।

नेपालको सहरी सपिङ कल्चरको सुरुवात गर्ने भाटभटेनीमा दैनिक उपभोग्य वस्तु, गार्मेन्टलगायत घरायसी आवश्यकताका सबै सामान एकै ठाउँमा पाउन सकिन्छ । टंगालबाट सुरु भएको सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका आउटलेट छन् । इटहरी, नेपालगन्जमा, भैहरवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement