संदीप लामिछानेलाई प्रदीपजंग पाण्डेका १७ बर्षीय नातिले गरे सम्मान

Advertisement

काठमाडौं । कलेजमा अध्ययन गर्दै गरेका किशोर प्रणवजंग पाण्डेले क्रिकेटर संदीप लामिछानेलाई सम्मान गरेका छन् । इण्डियन प्रिमियर लिग (आइपीएल)मा खेलेर फर्किएका संदीपलाई एक कार्यक्रम गरी प्रणवले सम्मान गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका नाति प्रणवले होटल व्यवसायी युवराज श्रेष्ठसँग मिलेर सन्दीपसहित राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र टेक्निकल एनालिस्ट रमन शिवाकोटीलाई पनि सम्मान गर्ने कार्यक्रम बनाएका हुन् । प्रदीपजंग पाण्डेले औषधि, सिमेन्ट उद्योग सञ्चालन गर्नुका साथै अन्य थुप्रै क्षेत्रमा लगानी गरेका छन् ।

युवाले युवालाई प्रोत्साहन गर्नुपर्छ भन्ने लागेर सम्मान गरिएको बताउँदै प्रणवले यो सम्मान मात्रै नभएर सहकार्यको सुरुवात पनि हो भने । आफ्नो प्रतिभा र क्षमता देखाएर देशलाई नै चिनाउने काम गर्ने समकालिन साथीलाई अघि बढन प्रेरणाका लागि आफूले सम्मान र सहकार्यको सुरुवात गरेको प्रणवको भनाई छ ।

उनले भने, “संदीपले क्रिकेटमार्फत देशलाई चिनाइरहेका छन् । युवाहरुको प्रेरणा पनि बनिरहेका छन् । यद्यपि उनी स्थापित हुन् अझै संघर्ष गरिरहेका व्यक्ति हुन् । यस्तो अवस्थामा उनलाई सबको साथ र सहयोग जरुरी छ । संदीपलाई स्थापित गर्ने काममा हामीले सघाउन लागेका हौं ।”

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत १७ बर्षीय प्रणवले १७ बर्षकै उमेरमा क्रिकेटमार्फत देशलाई चिनाउन सफल संदीपलाई सम्मान र उनीसँग सहकार्यको हात बढाएका हुन् । आइपीएल खेलेर गत मंगलबार फर्किएका उनलाई सम्मान गर्न प्रणवसहितको युवा समूहले विशेष कार्यक्रम बनाएको थियो ।

Advertisement

Advertisement

Advertisement