स्वाभिमानको आईपीओ बाँडफाँडः १८ हजार ५५८ ले पाए १० कित्ता सेयर (अपडेट)

Advertisement

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपिओ) बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज आइतबार १० बजे बाँडफाँड भएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड भएको लघुवित्तको आईपिओ १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् भने २० देखि पाँच हजार कित्तासम्म आवेदन गरेका  ७ आवेदकले ११ कित्ता सेयर पाएका छन्।

सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार स्वाभिमान लघुवित्तको आईपिओमा ३२.५० गुणा बढी कूल ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख ३१ हजार ११ कित्ता बराबरको ६० करोड ११ लाख ११ हजार रुपियाँ बराबरको आवेदन परेको थियो।

जसमध्ये ३ लाख २७ हजार ४८६ जनाबाट ६० लाख २४ हजार ७६० कित्ताको आवेदन सदर भएको थियो भने आईपिओमा आवेदन गरेका २३० जनाको ६ हजार ३४० कित्ताको आवेदन विविध कारणले रद्ध भएको छ ।

स्वाभिमानको आईपिओ बाँडफाँड पछि कम्पनीको ६ करोड १८ लाख रुपियाँ चुक्ता पूँजी पुगेको छ।

Advertisement

Advertisement

Advertisement