उदयपुरमा टिपर दुर्घटना, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

Advertisement

उदयपुर । उदयपुरमा आइतबार विहान टिपर दुर्घटना हुँदा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका १४ घुर्मी रानी डाँडामा ना ७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित दुर्घटनामा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सहचालक सिन्धुली दुधौली नगरपालिका ११ बस्ने २० वर्षिय लिलावहादुर सार्की र सोही टिपरमा सवार कटारी नगरपालिका ५ भोर्ले बस्ने ३० वर्षिय डिक बहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ ।

टिपर दुर्घटना हुँदा रानी डाँडाबाट करिव १ किलो मिटर तल खसेको छ भने मृतकहरुको लाश अन्दाजी ७ सय मिटरमा अडकिएको अवस्थामा रहेको र टिप्पर टुक्रा टुक्रा परेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार टिपरमा सवार हर्क मिजार सार्की हाम फालेर बचेको बताईएको छ ।

Advertisement

Advertisement

Advertisement