तारागाउँ रिजेन्सी होटलको नाफामा २९.४७ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा ३५ करोड ६५ लाख ७६ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा तारागाउँले २७ करोड ५४ लाख ५ हजार ७ सय ८ रुपियाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष होटलको नाफा २९ दशमलव ४७ प्रतिशतले बढी हो ।

त्यसैगरी होटलले सेवा बिक्री मार्फत १ अर्ब ४ करोड ४८ लाख ३२ हजार रुपियाँ आम्दानी गरेको छ । गत वर्ष तारागाँउले सेवा बिक्रीबाट ९१ करोड ५७ लाख ६८ हजार ४२७ रुपियाँ आम्दानी गरेको थियो । चैत मसान्तसम्म तारागाँउको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपियाँ रहेको छ । त्यस्तै, होटल्सको जगेडा कोषमा ७७ करोड रुपियाँ रहेको छ ।

यस अवधिमा होटलको जगेडा कोषको आकार पनि बढेको छ। गत वर्ष ४१ करोड ५९ लाख ६१ हजार रुपियाँ जम्मा गरेको होटलले यस वर्ष जगेडा कोषमा ७७ करोड ७७ लाख ७९ हजार रुपैयाँ जागेको छ। जुन गत वर्षको तुलनामा ८६ दशमलव ९८ प्रतिशतले बढी हो।

तारागाउँको प्रतिसेयर आम्दानी ४ रुपियाँ ३ पैसाले बढेर १८ रुपियाँ ९० पैसा पुगेको छ । गत वर्ष यही बेला प्रतिसेयर आम्दानी १४ रुपियाँ ६० पैसा थियो । तारागाँउको प्रतिसेयर नेटवर्थ १४६ रुपियाँ ७७ पैसा छ ।

Advertisement

Advertisement

Advertisement