जात्रै जात्राको आक्रामक व्यापार, दुई दिनमै कमायो २ करोड

Advertisement

काठमाडौं । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको सिनेमा जात्रै जात्राले देशैभर आक्रामक कारोबार गरिरहेको छ । सिंगल थिएटरको तुलनामा मल्टिप्लेक्समा व्यापार आक्रामक देखिएको छ । काठमाडौंका सिभिल मल, जय नेपाल, कुमारी, बिग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मललगायतमा दर्शकको चाप ९५ देखि शतप्रतिशत छ ।

शुक्रबारदेखि नै आक्रामक कारोबार गरिरहेको सिनेमाको शनिबार काठमाडौंका सिभिल, जय नेपाल, कुमारी, बिग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मललगायतका हलहरुमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत रह्यो ।

चितवन, पोखरा लगायतका स्थानमा पनि दर्शकको चाप उच्च छ । चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले शुक्रबार र शनिबार दर्शकको चाप उच्च रहेको बताए ।

सिनेमाले दुई दिनमै झण्डै २ करोडको कारोबार गरिसकेको छ । सिनेमाको माउथ पब्लिसिटी र समीक्षालाई हेर्ने हो भने कारोबारमा रेकर्ड राख्ने देखिन्छ ।

सिनेमाको व्यापार मात्र आक्रामक होइन, दर्शकले समेत सिनेमालाई निकै नै राम्रो भएको प्रतिक्रिया दिएका छन् । सिनेमा हेरिसकेका अधिकांश दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै ५ मा ४.५ रेटिङ दिएका छन् ।

धेरैले यो सिनेमा जात्रैजात्रा भन्दा उत्कृष्ट बनेको प्रतिकृया दिएका छन् । पैसाको कथा बोल्ने सिनेमा जात्राको सिक्वेल जात्रै जात्राले सुनको कथा भन्छ ।

निर्देशक भट्टराईले आफूहरुले सिनेमाको सिक्वेल बनाउन निकै नै मिहिनेत गरेको बताउँदै सिनेमा हेरेर दर्शकले दिएको प्रतिकृयाबाट खुशी मिलेको र सिनेमाले लामो समयसम्म दर्शकको साथ पाउनेमा आफू विश्वस्त रहेको बताए । अधिकांश दर्शकले लामो समयपछि निकै नै उत्कृष्ट चलचित्र हेर्न पाएको बताएका छन् ।

सिनेमामा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानिया, प्रियंका झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

Advertisement

Advertisement

Advertisement