तान्जानियामा भीषण बाढीः ५ को मृत्यु, २५ सयभन्दा बढी मानिस घरबारविहीन

Advertisement

नैरोबी । तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन्। जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग सीमा जोडिएको क्येला जिल्लाका विद्यालयहरु बन्द गरिएको जानकारी दिए।

ठूलो वर्षाका कारण स्थानीय नदीको सतह बढेर गाउँतर्फ पसेपछि स्थानीय सर्वसाधारण अन्यत्र भाग्न विवश भएको पनि मागाम्बोले बताए। उनले बाढीले गरेको क्षति व्यापक रहेको बताउँदै विस्थापित मानिसहरु विद्यालय, गिर्जाघर र साथीभाइका घरमा आश्रय लिइरहेको जानकारी दिए।

मोगाम्बोले आपतमा परेका मानिसका लागि खाद्यान्न र स्वास्थ्य सेवाको प्रबन्ध मिलाइएको पनि बताए। बाढीले यहाँको धानखेत डुबाएको, बालीनालीमा व्यापक क्षति गरेको तथा आगामी दिनमा खाद्यान्न अभाव हुने स्थिति उत्पन्न भएको छ।

गत वर्ष अप्रिलमा केन्याको आर्थिक राजधानी दारे–ए–सलाममा भारी वर्षासँगै आएको बाढीले कम्तीमा १४ जनाको मृत्यु भएको थियो।

Advertisement

Advertisement

Advertisement