शिवमको सेयरमा एकोहोरो उच्च वृद्धिले लगानीकर्ता नै चकित

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । एक अर्ब रुपियाँभन्दा बढिको सेयर किनबेच भए पनि सेयर बजार परिसुचक नेप्से भने दुई दशमलव एक दशमलव ८७ अंकले घटेर एक हजार ३१७ कायम भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल बैंक सबैभन्दा अगाडि छ । नेपाल बैंकको २२ करोड ६८ लाख रुपियाँको सेयर किनबेच भएको छ । धेरै कारोबार गर्ने दोस्रोमा शिवम् सिमेन्ट्स छ । उसको १८ करोड ७० लाख रुपियाँको कारोबार भएको छ ।

साथै, आज पनि धेरै नाफा गर्नेमा शिवम् सिमेन्ट्स अगाडि छ । उक्त कम्पनीको सेयर झण्डै १० प्रतिशतले बढेको छ । विगत केही दिनदेखि शिवम्को सेयर उच्च दरमा बढ्दै जाँदा बजारमा लगानीकर्ता पनि आश्चर्यमा परेका छन् । आज धेरै घाटा खानेमा विशाल बजार कम्पनीका लगानीकर्ता रहेका छन् ।

समूहगत कारोबारतर्फ अधिकांश समूहका उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै गिरावट व्यापार समूहका तीन दशमलव २१ प्रतिशत रहेको छ भने सबैभन्दा धेरै वृद्धि उत्पादनमूलक समूहमा तीन दशमलव ७७ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement