मिडिया काउन्सिल विधेयकविरुद्ध महासंघले गर्यो थप आन्दोलनको घोषणा

Advertisement

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी विधेयक विरुद्ध थप आन्दोलनको घोषणा गरेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समिति बैठकले थप आन्दोलन गर्ने निर्णय गरेको हो।

सरकारले संसदमा दर्ता गरएराएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने भन्दै आन्दोलिन नेपाल पत्रकार महासंघले आइतबार दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । महासंघको जेठ ६ गते शुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।

महासंघका विरोध कार्यक्रमहरु

  • जेठ ६ र ७ गते – महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श।

  •  जेठ ८ गते – संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने।

  • जेठ ९ देखि १२ गतेसम्म – सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने।

  •  जेठ १३ र १४ गते – सांसदहरुसँग भेट गरी छलफल गर्ने।

  • जेठ १८ देखि २० गतेसम्म – महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने।

  • जेठ २१ र २२ गते – महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने।

  • जेठ २३ र २४ गते – केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने।

  • जेठ २५ गते – अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने। काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने।

Advertisement

Advertisement

Advertisement