एनआईसी एसियाको नयाँ शाखा धनुषामा, कुल शाखा संख्या २८३ पुग्यो

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकाको पिडारी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार यस शाखाको उदघाटन गरे ।

नयाँ शाखासहित एनआईसी एसियाको कुल शाखा संख्या २८३ पुगेको छ । त्यसबाहेक बैंकको २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाई रहेका छन् ।

Advertisement

Advertisement

Advertisement