सुनचाँदीको भाउ लगातार घट्दै, सुन तोलामा ५ सय सस्तियो

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ६० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पाँच सय रुपियाँले घटेर ५९ हजार ५०० रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार दुई सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ७५५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य सात सय ५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement