२८ स्थानीय तहमा अझै बैंकहरु पुगेनन्

Advertisement

काठमाडौं । अझै पनि २८ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तिय स्थितिको रिपोर्टले अझै पनि २८ वटा स्थानीय तह बैंकका शाखाविहीन रहेको देखाएको हो।

सरकारले यो वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गर्ने जनाए पनि सात सय ५३ वटा स्थानीय तहमध्ये अहिले सम्म सात सय २५ स्थानीय तहमा मात्रै बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश १ का एक सय ३७ वटा स्थानीय तह मध्ये एक सय ३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये एक सय ३३ स्थानीय तहमा, प्रदेश ३ का एक सय १९ मध्ये एक सय १७ स्थानीय तहमा र गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये ८३ वटा तहमा बैंकका शाखा पुगेका छन् । यस्तै प्रदेश पाँचका सबै एक सय ९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

कर्णाली प्रदेशका ७९ मध्ये ६७ वटा स्थानीय तहमा मात्रै बैंकका शाखा पुगेका छन् भने सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । बैंकका शाखा नपुगेका स्थानीय तहमा छिट्टै नै शाखा पुर्‍याउने तयारी भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement