सेयर बजारको गिरावट दर बढ्यो, शिवमको सेयरमा पनि गिरावट

Advertisement

काठमाडौं । सेयर बजारमा गिरावट बढेर गएको छ । आइतबार तीन अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज ९ दशमलव १३ अंकले घटेर एक हजार ३०७ कायम भएको छ ।

यद्यपि कारोबार भने बढेर गएको छ । आइतबार एक अर्ब तीन करोड रुपियाँको सेयर किनबेच भएकोमा आज बढेर एक अर्ब २२ करोड रुपियाँको कारोबार भयो । करोबार धेरै गर्नेमा शिवम सिमेन्ट रहेको छ । उसको एक्लै २५ करोड २१ लाख रुपियाँको किनबेच भयो । दोस्रो धेरै कारोबार हुने नेपाल बैंकको २३ करोड २१ लाख रुपियाँ छ ।

विगत केही दिनदेखि उच्च दरमा बढ्दै गएको शिवम् सिमेन्टको सेयर आज भने घटेको छ । आज धेरै कमाउनेमा कर्पोरेट डभलपमेन्ट बैंकका लगानीकर्ता छन । धेरै घाटा खानेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता छन् ।

समूहतर्फ जलविद्युतबाहेक बाँकी सबै समूहमा गिरावट भएको छ । वित्त समूहको गिरावट दर सबैभन्दा अर्थात तीन दशमलव १६ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement