मिडिया काउन्सिल विद्येयकमार्फत सरकारले स्वतन्त्रता खोस्न लागेका होः कांग्रेस प्रवक्ता शर्मा

Advertisement

उदयपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले मिडिया काउन्सिल विद्येयकमार्फत सरकारले स्वतन्त्रता खोस्न लागेको बताएका छन् । उदयपुरमा पत्रकारहरुसंगको भेटघाटमा प्रवक्ता शर्माले यस्तो बताएका हुन् ।

‘प्रेस स्वतन्त्रता कसैको कृपाले आएको हैन, विभिन्न संचारकर्मीहरुको योगदान सहादतले प्राप्त भएको हो’ शर्माले भने, ‘सरकारले विद्येयक फिर्ता नगरे कांग्रेसले कडा प्रतिरोध गर्नेछ’ ।

शर्माले संचार क्षेत्रको शिरमा तरवार राखेर प्रेस तथा स्वतन्त्र अभिब्यक्तिलाई कुण्ठित गर्ने विद्येयक तत्काल फिर्ता गर्न माग गरे । उनले सरकारले यो विद्येयक फिर्ता नगरे नोक्सानी व्यहोर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement