नेपाल क्लियरिङ हाउसको अफरः कनेक्ट गर्नुहोस् रु १०० पाउनुहोस्

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस ई–पेमे प्रणालीका नयाँ ग्राहकहरुका लागि कनेक्ट गर्नुहोस् रु १०० पाउनुहोस् अफर सार्वजनिक गरेको छ । जेष्ठ १ बाट यस अफर अन्तर्गत कनेक्ट आईपीएस प्रणालीमा आबद्ध हुने नयाँ ग्राहकले सोही खातामा रु १०० सम्म पाउन सक्नेछन् ।

कनेक्ट आईपीएसको कुनै पनि नयाँ ग्राहकले आफूलाई एकपटक आवद्ध गराई युजर आईडी बनाएपछि मोवाईल र इमेल भेरिफाई गराई रु ३० को लागी योग्य हुन सक्नेछन् भने कुनै पनि सदस्य बैंकमा रहेको आफ्नो खातामा उक्त युजर आवद्ध गराई थप रु ७० को लागी योग्य हुन सक्नेछन् । यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ भने एक युजरमा लिंक गरिएको पहिलो बैंक खाताको लागीमात्र मान्य हुनेछ ।

ग्राहकले युजर बनाउन www.connectips.com वा यसको मोबाईल एप्समा गई गर्न सक्नेछन् ।

हाल यस प्रणाली मार्फत् नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्डलोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ । कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा हालसम्म ५५ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हालसम्म ४७ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् । यसमा अनलाईनमार्फत् प्रति कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत् प्रति कारोबार रु. ५ हजारसम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।

थप जानकारीका लागि www.nchl.com.npwww.connectips.com हेर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement