‘पोइ पर्‍यो काले’ को शुभ मुहूर्त, कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने

Advertisement

काठमाडौँ । शिशिर राणाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पोइ पर्‍यो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संयूक्त रुपमा फिल्मको मुहूर्त गरे । जेठ १३ गतेबाट छायांकन सुरु हुने मल्टीस्टारर यस फिल्मको छायांकन आरम्भ नहुँदै आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म प्रदर्शनमा आउने निर्माण टिमले घोषणा पनि गरेको छ ।

यस फिल्ममा पूजा शर्मा सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको कथा निर्देशक राणा स्वयंले लेखेका हुन् ।

फिल्मको कथावस्तुमा फिट हुने भएकै कारण सौगातलाई टाइटल क्यारेक्टरमा छनोट गरिएको निर्देशक राणले बताए । फिल्ममा उनको पनि अभिनय रहनेछ । शिव ढकालले खिच्ने फिल्मका गीत रघु परियार र हरि उप्रेतीले लेखेका छन् । भने, संगीत सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले भरेका छन् । गीतमा कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

‘पोइ पर्‍यो काले’ मा अन्तिम समयमा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । यसमा उनको जोडी अभिनेता सोहितसँग बाँधिनेछ । उनले आफ्नो रोल छोटो भए पनि फिल्ममा ट्विस्ट ल्याउन महत्त्वपूर्ण भूमिका रहने बताइन् । अभिनेत्री पूजा र अभिनेता आकाशले आफूलाई स्क्रिप्ट र टिम मनपरेका कारण काम गर्न लागेको बताए । रियल जोडी सौगात र सृष्टि पनि फिल्म गर्न राजी हुनुको कारण स्क्रिप्ट रहेको बताउँछन् ।

Advertisement

Advertisement

Advertisement