‘५० लाख दिए प्रधानमन्त्रीलाई मारिदिन्छु’ भनी फेसबुकमा कमेन्ट गर्ने युवक पक्राउ

Advertisement

काठमाडौं । ५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गरेपछि एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका २ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छुु, भन्‍ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट उनले कमेन्ट गरेको प्रहरीले जनाएको छ ।

महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ।

उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।

Advertisement

Advertisement

Advertisement