जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट

Advertisement

काठमाडौं । जनता बैंक र धुम्बाराहीको ह्याम्स अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुट दिने सम्वन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा ह्याम्सअस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement