अजय सुमार्गीको 'हेलो नेपाल'लाई चार अर्ब ३१ करोड लाभकर बुझाउन राजश्वको निर्देशन

Advertisement

काठमाडौं । आन्तरिक राजस्व कार्यालयले व्यापारी अजय सुमार्गी प्रवद्र्धक रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)लाई पुँजीगत लाभकरवापत चार अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६८८ रुपियाँ बुझाउन निर्देशन दिएको छ ।

कम्पनीको शेयर स्वामित्ववागत तिर्नुपर्ने उक्त रकम बुझाउन भन्दै विभागअन्तर्गतको करदाता सेवा कार्यालय बानेश्वरले उक्त कम्पनीलाई पत्र काटेको तर कम्पनीले पत्र बुझ्न अस्वीकार गरेको जनाइएको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल स्याटलाइट कम्पनीले पुँजीगत लाभकरवापत बुझाउनुपर्ने रकम नबुझाएको र बुझाउन पत्र पठाउँदा पत्र बुझ्न नमानेको जनाइएको छ ।

कार्यालयकाअनुसार हेलो नेपालको ७५ प्रतिशत शेयर साईप्रसस्थित एयरबेल सर्भिसेज लिमिटेडमार्फत टेलियासोनेरा कम्पनीलाई आर्थिक वर्ष २०६८।६९ मा पाँच अर्ब ७१ करोडमा खरिद बिक्री गरेको, सोवापत २५ प्रतिशतका हिसावले लाग्ते एक अर्ब पुँजीगत लाभकर नतिरेका कारण सत प्रतिशत जरिवाना र ब्याजसमेत गरी चार अर्ब ३१ करोड बुझाउनुपर्ने जनाइएको छ ।

सत्तारुढ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकाउन्टेन्टका रुपमा चिनिदै आएका सुमार्गीले यति ठूलो रकम सजिलै तिर्ने अवस्था भने देखिन्छ । कार्यालयले राजश्व बुझाउन यही वैशाख ११ गते पनि सार्वजनिक सुचना जारी गरेको थियो भने कम्पनीको विद्युतीय ठेगाना र हुलाकमार्फतसमेत पत्र पठाइसकिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement