पाँचथरमा दुई पविारका नौ जनाको हत्या: मृत्यु हुनेमा सात महिला, दुई पुरुष

Advertisement

पाँचथर । मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको हत्या भएको छ। एक किशोरी घाइते भएकी छिन्। मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेका बमबहादुर फियाक र धनराज सेर्माको घरमा घटना भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए।

उनका अनुसार फियाक र सेर्मासहित सात महिलाको हत्या भएको हो। तीमध्ये तीन बालिका पनि छन्। फियाकको घरमा चार र सेर्माको घरमा पाँच जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज सेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, आठ वर्षीया मुना सेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको रहेका छन् । घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । उनको हातमा चोट लागेको छ ।

मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

Advertisement

Advertisement

Advertisement