एनबीआई  र ज्योति विकास बैंकबीच विद्युतीय परीक्षा सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट (एनबीआई) र ज्योति विकास बैंकबीच विद्युतीय परीक्षा सम्बन्धी सम्झौता पत्र भएको छ ।

उक्त सम्झौता अनुसार एनकबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाइन परीक्षा लिने भएको छ । सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्ने र बैंकिङ ज्ञान बढाउने कार्य बैंकले गर्दै आएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement