उत्तर कोरियाका हजारौं महिला जबरजस्ती देह व्यापारमा लगाइएको खुलासा

Advertisement

चीन । उत्तर कोरियाका हजारौं महिला तथा युवती चीनमा देह व्यापारमा संलग्न गराइने गरेको खुलासा भएको छ । बेलायतस्थित ‘कोरिया फ्युचर इनिसिएटिभ’ले उत्तर कोरियाका महिला तथा बालिकालाई चीनमा जबरजस्ती देहव्यापारमा लगाउनका लागि बिक्री गरिँदै आएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा चिनियाँ पुरुषले विवाह गरेर उत्तर कोरियाली युवतीलाई ल्याउने र जबरजस्ती देहव्यापारमा संलग्न गराउने गरिएको उल्लेख छ । यस्तो कार्यमा सग्लन समूहले देह व्यापारमा युवतीहरुलाई लगाए वापत बर्सेनि दश करोड डलर बराबरको कारोबार गर्ने गरेको समेत बताइएको छ ।

स्वदेश फर्किएमा आफ्नै देशमा थप प्रताडित हुनुपर्ने अवस्था रहेकाले उत्तर कोरियाली महिलाहरु बाध्य भएर पनि देहब्यापारमा संलग्न हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार उत्तर कोरियाली महिलालाई उत्तरपूर्वी चीनका वेश्यालयमा राखिएको छ । जहाँ बढीजसो प्रवासी कामदार रहने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement