जलविद्युत समूहको सेयरमा पाँच प्रतिशतभन्दा बढिको उत्साहजनक वृद्धि

Advertisement

काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । सेयर बजार परिसुचक नेप्से चार दशमलव ४२ अंकले बढेर एक हजार ३१२ कायम भएको छ भने करोबार रकम सोमबारभन्दा झण्डै ३४ करोड बढिले घटेर ८८ करोड ४४ लाख रुपियाँमा सीमित भएको छ ।

आज सबैभन्दा उत्साहजन वृद्धि जलविद्युत समूहमा देखियो । यो समूहको सेयर पाँच दशमलव ३४ प्रतिशतले बढ्दा नेप्सेसमेत सकारात्मक हुन पुग्यो । व्यापार र वित्त समूहका उपसुचकहरु पनि एक प्रतिशत भन्दा बढिले उक्लिएका छन् भने उत्पादनमूलक समूहको उपसुचक एक दशमलव २३ प्रतिशतले घटेको छ । बाँकी समूहमा सामान्य घटबढ छ ।

आज धेरै सेयर कारोबार गर्नेमा नेपाल बैंक नै अगाडि रह्यो । उसको आठ करोड ६६ लाख रुपियाँको सेयर किनबेच भयो । दोस्रोमा शिवम सिमेन्ट्स रह्यो । केही दिनदेखि उच्च दरमा वृद्धि हुँदै आएको शिवमको सेयरमा सोमबारदेखि भने ब्रेक लागेको छ ।

आज धेरै गुमाउनेमा समिट लघुवित्तका लगानीकर्ता अगाडि छन् भने नाफा गर्नेमा पल्टिपर्पोच फाइनान्स कम्पनीका लगानीकर्ता अगाडि छन् । आज धेरै बजारमा १७३ कम्पनीको सेयर कारोबार भयो ।

Advertisement

Advertisement

Advertisement