आइएमई पे को ‘जे पे गर्दा पनि आइएमई पे’ सुविधा सञ्चालनमा

Advertisement

काठमाडौं। मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधा भएको आइएमई पे ले ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक गरेको छ । यो सेवाले ग्राहकहरुलाई बिल भुक्तानी गर्न अझै सहज बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा भन्छन्–‘आइएमई पे को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनु नै हो ।’

Advertisement

Advertisement

Advertisement