लक्ष्मी बैंकको १०४औँ र १०५औँ शाखा क्रमशः बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा क्रमशः बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा १०४ औँ र १०५ औँ शाखा संचालनमा ल्याएकोे छ । बैंकले यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४७ जिल्लामा १०५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ व्यापक बनाउने विश्वास राखेको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमालगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरु आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ ।

यी शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो सेवा जारी राख्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement