मेटलाईफ नेपालको ग्राहक सेवा केन्द्र उद्घाटन

Advertisement

काठमाडौं । मेट लाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दा , नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम।नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम अलाउद्दिन अहमदसँगै यो हप्ता नेपाल भ्रमणमा आउने भएका छन् ।

उक्त अवसरमा रेबेकाले मेट लाईफ नेपालको मुख्य कार्यालय पुल्चोक, ललितपुर स्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस नामको नयाँ स्थानको उद्घाटन गरेकी हुन् ।

ओसिपिबाट ग्राहकहरुलाई अझै व्यवस्थित रुपमा सेवाहरु उपलब्ध हुने स्थान हो । जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा बीमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछ ।

रेबेकाले बंगलादेश, चीन, हङ्गकङ्क, भारत, मलेसिया, नेपाल तथा भियतनाम र व्यवसाय सुरु भएका नयाँ स्थानहरु लगायत मेटलाईफको व्यवसायमा तिब्र बृद्धि भएका स्थानहरुमा मेट लाईफको व्यवसाय हेर्दै आईरहेकी छिन् ।

Advertisement

Advertisement

Advertisement