यात्रुलाई सुरक्षाका विषयमा सचेतना गराउन टाटा नेक्सन

Advertisement

काठमाडौं । नयाँ कार किन्ने बेला धेरैले मूल्य हेर्छन भने कसैले रिसेल मूल्य। पछि कार बिक्री गर्ने समयमा राम्रो मूल्य पाइने आशमा धेरैले गर्ने यही हो। तर थोरैले मात्र कारको सुरक्षामा ध्यान दिन्छन्।

विकशित मुलुकका ग्राहकले भने सुरक्षालाई पहिलो प्राथमिकता दिने गरेको विक्रेताको भनाइ छ। नेपाली भने सुरक्षित कार खरिद गर्ने मामिलामा धेरै पछि छन्। सडक दुर्घटनाबाट वार्षिक रुपमा मृत्यु दर बढ्दो छ।

सुरक्षा मापदण्ड पूरा गर्नका लागि पहिले कहिल्यै पनि सुरक्षामा ध्यान दिइएको थिएन। यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर ग्लोबल न्यु कार असेसमेन्ट कार्यक्रमले गरेको परीक्षणमा भारतमा बनेको टाटाको नेक्सन कारले उच्चतम र्‍यांकिङ पाएको छ ।

सुरक्षालाई महत्व दिने प्रतिबद्धता दोहोर्‍याउँदै टाटा मोर्टसले भनेको छ, नयाँ डिजाइनले भरिपूर्ण नेक्सन सुरक्षाका दुष्टिकोणले धेरै अगाडि छ।

नेक्सनले युवा र बालबालिकाका लागि सुरक्षित हुने गरी निर्माण गरिको कम्पनीको दाबी छ। नेक्सनमा यात्रा गर्दा भारतमा सबैभन्दा सुरक्षित एसयुभीमा समेत नेक्सन नै दर्ता भएको छ।

यात्रुलाई सुरक्षाका विषयमा सचेतना गराउन टाटा मोटर्सले नेपालामा अभियान सुरु गरिरहेको छ। नेपालमा भित्रिने ९० प्रतिशत भन्दा धेरै सवारी साधन भारतमा निमार्ण हुने गरेको छ। टाटा नेक्सन नेपाली सडकमा सुरक्षित एसयुभी सवारी साधन रहेको कम्पनीको दाबी छ।

Advertisement

Advertisement

Advertisement