सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ५९ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले घटेर ५९ हजार ४०० रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार एक सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ९२५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ६७० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर सात सय ५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement