यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचिसहित)

Advertisement

काठमाडौं । आज बुधबार अमेरिकी डलर सहित प्राय देशको मूल्य ओरालो रहेको छ। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपियाँ २४ पैसा तोकेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ ८४ तोकेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपियाँ २० पैसा, बिक्रिदर १ सय ४१ रुपियाँ ९६ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ४५ पैसा रहेको छ । दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपियाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपियाँ ३७ पैसा रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ७२ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ५८ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ७२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८२ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपियाँ ३९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपियाँ ३६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपियाँ ८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपियाँ ६७ पैसा रहेको छ।

dollar

Advertisement

Advertisement

Advertisement