हिमालय ऊर्जाको सेयर कारोबार खुल्यो, यस्तो छ ओपनिङ रेन्ज

Advertisement

काठमाडौं । हिमालय ऊर्जाको सेयर कारोबार आज बुधबारदेखि खुलेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८ रुपियाँ ३६ पैसा देखि २९५ रुपियाँ ०८ पैसा ओपनिङ रेन्ज तोकेको छ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एचयुआरजेए कारोबार संकेत प्रदान गरेको छ । अब कम्पनीको सेयर यहि संकेतमा कारोबार हुनेछ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम हुने कुल ९९ लाख कित्ता सेयर मंगलबार सूचीकृत गराएको थियो । यसमा हालै सर्वसधारणलाई बिक्री गरेको १४ लाख ८५ हजार कित्ता आइपीओ निष्काशन गरि वेशाख ३ गते बाँडफाँड गरेको थियो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement