हुवावेसँग गुगलको सम्बन्ध विच्छेद पछि सामसुङ खुसी

Advertisement

काठमाडौं । अमेरिका चीन व्यापार विवादको धक्का चीनको सबैभन्दा ठूलो मोवाइल कम्पनी हुवावेमाथि परिरहेको बेला त्यसको त्यसको लाभ भने सामसुङले लिने भएको छ । हुवावे–गुगल सम्वन्ध विच्छेदपछि सामसुङका लागि खुशीको समाचार बन्न पुगेको छ ।

हुवावेको आक्रमक बजार विस्तारबाट त्रसित बनिरहेको सामसुङलाई आफ्नो बजार विस्तार गर्ने थप मौकासमेत मिलेको छ । हुवावेको आक्रमक बजार विस्तारको रणनीति अमेरिकी मोवाइल कम्पनी एप्पलले समेत रुचाएको थिएन् । अमेरिकाले हुवावेलाई कालोसुचीमा राखेपछि इन्टरनेट जायन्ट गुगलले उससँगको व्यवसायिक सम्वन्ध तोडेको छ ।

हुवावेका गुगल र जिमेल नचल्ने भएपछि विश्वभरका यसका करोडौं ग्राहकहरु अन्योलमा परेका छन् । यद्यपी हुवावेका यसअघि बिक्री भइसकेका मोवाइलहरुमा गुगल आंशिकरुपमा र नयाँ मोवाइलहरुमा पूर्णरुपमा नचल्ने जनाइएको छ । नेपालमै पनि यसका मोवाइलहरुको ठूलो बजार भइसकेको थियो ।

दुई महिना अगाडी मात्रै हुवावेले पी३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न विभिन्न बैंकहरुसँग साझेदारी गरेको थियो । यो विशेष अफर प्रभावहिन हुने देखिएको छ । यही मौैकामा सामसुङले नेपालसहित विश्व बजारमा पहुँच बढाउने योजना ल्याउनसक्ने अनुमान गरिएको छ । विश्वकै दोस्रो ठूलो स्मार्टफोन कम्पनीको रुपमा परिचित भइसकेको हुवावे पहिलो नम्बरमा रहेको सामसुङको बजार खुम्च्याउँदै लगेको थियो ।

चीन–अमेरिका व्यापार युद्धसँगै सिर्जित नयाँ परिस्थितिले सामुसुङले पूरानै वृद्धि दर राख्न सहयोग पुग्ने देखिएको छ । केही समयअघि मात्रै फोल्ड गर्न मिल्ने नयाँ प्रविधिको स्मार्टफोन सार्वजनिक गरेको सामसुङले अब कस्तो रणनीति अपनाउँछ ? सबैको चासोको विषय बन्दै आएको छ ।

अमेरिकी स्वार्थविपरित इरानसँग व्यापार साझेदारी गरेपछि हुवावे अमेरिकाको निशानामा परेको हो । सोही कारण उसले हुवावेकी एक उच्च अधिकारीलाई क्यानडा भ्रमणका क्रममा पक्राउ गरी अहिले पनि थुनामा राख्दै आएको छैन् । अमेरिकी प्रभावकै कारण विश्वभर कैयौँ सरकारहरूले सुरक्षा चिन्ता दर्साउँदै नौलो फाइभजी मोबाइल सञ्जाल विकासमा हुवावेका उपकरण प्रयोग गर्न रोक लगाएका छन् ।

अमेरिकी प्रतिवन्धपछि हुवावे आफ्नै एप ग्यालरी तथा अन्य सफ्टवेअर विकास गर्न घोषणा गरे पनि त्यो कठिन र समय लाग्ने कुरा देखिन्छ । यो समस्या अहिले हुवावेले मात्रै सामना गरे पनि अमेरिका–चीन व्यापार द्धन्द्ध बढ्दै जाँदा अन्य चिनियाँ कम्पनीहरुले पनि यस्तै समस्या झेल्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement