प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष पक्राउ

Advertisement

चितवन । प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी पक्राउ परेका छन् । रेग्मीले जेठ ३ गते टिकौलीमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा हुलदंगा गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको बताइएको छ ।

उक्त घट्नापछि प्रहरीले उनलाई फरार सुचीमा राखेको थियो । सडक बोर्डको दस्तुर संकलन केन्द्रमा भएको आगजनी र हुलदंगामा रेग्मीले महिला प्रहरीमाथि अभद्र व्यवहार गरी फरार भएको प्रहरीको भनाई छ । उक्त घट्नामा असई कल्पना खड्का घाइते भएकी थिइन।

चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरका अनुसार पक्राउ परेका रेग्मीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ अघि रेग्मीले राजनीतिक तहसम्म पुगेर हारगुहार गरे पनि प्रयास असफल भएपछि पक्राउ परेका हुन् ।

उनीमाथि गम्भीर आरोप लागेकाले पक्राउ गर्न चारैतिरबाट दबाब बढेको थियो । यद्यपि रेग्मीले आफूलाई पक्राउ नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयसम्म पनि पुगेका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रेग्मीको कुरा नसुनी प्रहरीलाई पक्राउ गर्न आदेश दिएका थिए ।

Advertisement

Advertisement

Advertisement