आजको विदेशी मुद्राको विनिमयदरः धेरै देशको मूल्य ओरालो (सूचिसहित)

Advertisement

काठमाडौं। आज बिहीबार धेरै देशको मूल्य ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपियाँ १६ पैसा तोकेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ ७६ पैसा तोकेको छ।

त्यस्तै बैंकले युके पाउण्ड १ को खरिददर १ सय ४० रुपियाँ ६१ पैसा, बिक्रिदर १ सय ४१ रुपियाँ ३७ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ २७ पैसा तोकेको छ छ भने बिक्रिदर ३० रुपियाँ ४३ पैसा तोकेको छ । दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपियाँ ३५ पैसा तोकेको छ भने बिक्रिदर ९ रुपियाँ ४० पैसा तोकेको छ।

त्यसैगरी, बैंकले साउदी रियाल एकको खरिददर २९ रुपियाँ ६४ पैसा तोकेको छ भने बिक्रिदर २९ रुपियाँ ८० पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ६९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ५६ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ७० पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपियाँ १९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपियाँ १६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपियाँ ८६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपियाँ ४६ पैसा रहेको छ।

Bidesi-mudra

Advertisement

Advertisement

Advertisement