आफ्नै बाबुको हत्या गरी प्रहरी चौकीमा पुगे छोरा

Advertisement

काठमाडौं । बाबुको हत्या गरेर एकजना आफैँ प्रहरी चौकीमा गएका छन् । रुकुमको भूमे गाउँपालिका ७ गुनामका २० वर्षीय विरज विक बाबुको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा गएका हुन् ।

४१ वर्षीय बाबु रमन विकको हत्या गरी उनी बिहीबार बिहान ६ बजे महतस्थित प्रहरी चौकी पुगेका थिए । बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मैले बाबुको घाँटी रेटेर हत्या गरेँ, थोरै छालाले मात्रै घाँटी छुट्टिन सकेको छैन भनेर आफै प्रहरीमा आएको हो, घटनाको विस्तृत अनुसन्धान हुँदैछ, प्रहरीले भने । घरायसी विवादको कारण घटना भएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement