खुशिको खबरः अब टिभिएसका मोटरसाइकल र स्कुटर नेपालमै बन्ने

Advertisement

काठमाडौं । बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटल नेपालमै एसेम्बल हुने भएका छन्। नेपालमा टिभिएसका दुई पांग्रे बिक्रीवितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको छ।

नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको र यसले केही समय लिने जगदम्बा मोटर्सले जनाएको छ । एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम सकाएर प्रशासनिक तथा अन्य काममा कम्पनी लागिपरेको छ।

टिभिएसका सबै उत्पादन भने शुरुवातमै नेपालमा एसेम्बल हुने छैनन्। लोकप्रीय मोडलबाट शुरु गर्ने कम्पनीको तयारी रहेको छ।

‘हाल नेपालमा बजाजको डिस्कभर मोडलका मोटरसाइकल नेपालमा एसेम्बल भइरहेका छन्। नेपालमै एसेम्बल भएपछि मूल्यमा केही सस्तो र रोजगारी सिर्जनामा योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ।

Advertisement

Advertisement

Advertisement