राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिट्यान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्ने जनाईएको छ ।

यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरुले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्ने विश्वास लिइएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्रेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले हस्ताक्षर गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement