हाईलाइफको विक्री-वितरण अब पोखरामा

Advertisement

काठमाडौं । रुपन्देहीबाट उत्पादित हाईलाइफका खाद्य सामग्री अब पोखरामा पनि विक्री वितरण सुरु भएको छ । नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स, राइजिङ सन एग्रो इण्डष्ट्रिज र हाईलाइफ फुड नेपालको संयुक्त सहकार्यमा उत्पादित हाईलाइफmका सामग्रीहरु अब पोखरामा उपलब्ध हुनेछन् ।

पोखराको न्यू क्षितिज टेडर्समार्फत पोखरामा विक्री वितरण सुरु गरिएको हो । कन्फ्र्लेक्स, चिउरा, सोयाबिन, मल्टीग्रेन ओट्स र मुस्ली लगायतका स्वस्थ खाद्य सामग्रीहरु हाईलाइफले बजारमा ल्याएको छ ।

स्वदेशी सामग्रीलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने हाईलाइफmकोे मूल उद्देश्य रहेको र यसमा सफल रहने विश्वास कम्पनीका निर्देशक पञ्कज ज्ञवालीले व्यक्त गरे । १५ वर्षदेखि कन्फ्र्लेक्स र ५ वर्षदेखि चिउरा उत्पादन गर्दै आएको कम्पनीले फरक ढंंगले ‘स्वस्थ जीवनशैली’ भन्ने नारा सहित हाईलाइफका सामग्री उत्पादन गरी बजारमा ल्याएको ज्ञवालीले जानकारी दिए ।

हाईलाइफmका स्वस्थवद्र्धक तथा गुणस्तरीय खाद्य सामग्रीहरु सुलभ मूल्यमा नेपालका सबै जिल्लामा उपलब्ध गराउने लक्ष्य कम्पनीले बोकेका वहाँले बताए । यसअघि काठमाडौं र चितवनको नारायणगढबाट हाईलाइफmका सामग्री विक्रीवितरण भइसकेको कम्पनीले जनाएको छ ।

हाईलाइफका सामग्रीमध्ये चिउरा मकवानपुरे टाइचिन धानबाट उत्पादन गरिएको कम्पनीका बजार प्रबन्धक कपिल पनेरुले बताए । सरकारको नीति अनुसार ५ पौष्टिक तत्व समावेश गरिएको मस्यौरा गहुँ, चामल, मकै, चनादाल र भटमासबाट बनेका उनले बताए । त्यसैगरी कन्फ्र्लेक्स चिनी राखिएको र नराखिएको दुवै प्रकारका विभिन्न ३ साइजमा उपलव्ध भएकोे उनले बताए । हाईलाइफका सामग्री बजारमा आएको छोटो समयमै सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए ।

पोखरामा हाईलाइफको आधिकारिक विक्रेता न्यू क्षितिज टेड्रर्सका म्यानेजिङ डाइरेक्टर हरिराज पन्तले हाईलाइफका सामग्री छिट्टै लोकप्रिय बन्ने दाबी गरे । पन्त पोखराका सफल व्यवसायी हुनुको साथै अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य समेत रहेका छन् ।

हाल नेपालमा हाईलाइफका १ सय भन्दा बढी आधिकारिक विक्रेता रहेका छन् । हाईलाइफमा २ सय कर्मचारी कार्यरत छन् भने बजार प्रतिनिधि १ सय ५० जना रहेको बताइएको ट ।

Advertisement

Advertisement

Advertisement