चन्द्रागिरिमा एक हजार २८२ घर पुन:निर्माण

Advertisement

काठमाडौं । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार दुई सय ८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार सात सय ८५ घरमध्ये एक हजार दुई सय ८२ घर पुनर्निर्माण सम्पन्न भएको हो ।

नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले भूकम्पले क्षति पु¥याएका पाँच हजार सात सय ८५ घरमध्ये चार हजार सात सय ६२ घर पुनर्निर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेको बताए । बाँकी घरले पनि चाँडै नै अनुदान सम्झौता गर्ने उनको भनाइ छ । जसमध्ये चार हजार सात सय ६२ घरले पहिलो किस्ता, एक हजार तिन सय ८० घरले दोस्रो किस्ता र एक हजार दुई सय ८२ घरले पुनर्निर्माण सम्पन्न गरेर अन्तिम किस्तासमेत लिइसकेका छन् ।

नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्ताबापत एक लाख ५० हजार र घर पुनर्निर्माण भएपछि तेस्रो किस्ताबापत एक लाख प्रदान गर्दै आएको छ । काठमाडौँको दक्षिण पश्चिम भेगमा रहेको उक्त नगरपालिकामा चन्द्रागिरि, दहचोक, इन्द्रदह, काजी कालु पाण्डे समाधिस्थल, मातातीर्थलगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरु रहेका छन् । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यहाँ १५ वडा रहेका छन् ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनर्निर्माणका लागि रकम वितरण गर्दै आएको जानकारी दिए । उनका अनुसार घरको क्षतिका आधारमा विभिन्न वडाबाट आएको सिफारिशका आधारमा रकम प्रदान गर्दै आएको बताए ।

Advertisement

Advertisement

Advertisement