मेस्सीले आफ्नो सिग्नेचरसहितको कपडा बजारमा ल्याउँदै

Advertisement

एजेन्सी । लियोनल मेस्सीद्वारा सिग्नेचर गरिएको नयाँ ब्राण्डको कपडा बजारमा आउने भएको छ।

लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगरको संयुक्त सहकार्यमा तयारी कपडाको नयाँ ब्राण्ड सुरु गर्ने जनाइएको छ । यो ब्राण्डमा अर्जेन्टाइन स्टार लियोनल मेस्सीकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीबीच सहकार्य हुने भएको हो ।

यो ब्राण्डले पुरुषले प्रयोग गर्ने कपडाहरुको उत्पादन गर्नेछ। उनले ‘द मेस्सी स्टोर’ नामक अनलाइन पोर्टल पनि संचालन गर्ने भएका छन्। आउँदो जुलाईमा सोही अनलाइन पोर्टलमार्फत कपडाको लन्च गरिने भएको छ । उत्पादित केही सामानहरुमा लियोनल मेस्सी आफैँले सिग्नेचर गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement