करेन्ट लागेर ७२ वर्षिय वृद्धको ज्यान गयो

Advertisement

काठमाडौं । विराटनगरमा रहेको न्युरो अस्पताल नजिकै करेन्ट लागेर बिहीबार दिउँसो एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा ७२ वर्षीय काँशीनाथ ताम्राकार रहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै २ तले घरको छत नजिकैबाट लगिएको हाइटेन्सन लाइनबाट करेन्ट लागेर ताम्राकारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरमा कोही नभएको बेला दाहिने हातमा जीआई पाइप वाधेर आत्महत्या गर्न खोजेको जस्तो देखिएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । करिब पौने २ मिटरको दूरीमा रहेको ११ हजार भोल्टको तार छुन पुग्दा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

ताम्रकारको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ताम्राकारका एक छोरा र एक छोरी रहेका छन् ।

Advertisement

Advertisement

Advertisement