रोजगारीका क्षेत्र र सम्भावना पहिल्याउन सरकारले ‘श्रम तथा रोजगार सम्मेलन’ गर्ने

Advertisement

काठमाडौं । सरकारले रोजगारीका क्षेत्र र सम्भावना पहिल्याउन ‘श्रम तथा रोजगार सम्मेलन’ आयोजना गर्ने भएको छ । आगामी असार १५ र १६ गते राजधानीमा आयोजना हुने सो सम्मेलनमा रोजगारीको सम्भावना, रोजगारसँग सम्बन्धित सूचनाको प्रदर्शनी गरिनेछ ।

सम्मेलनकै क्रममा श्रम तथा रोजगारसँग सम्बन्धित क्षेत्रका विज्ञको सहभागितामा विभिन्न छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा रोजगारीको सम्भावना तथा सिर्जना, रोजगारीको सम्भावना रहेका नमूना परियोजनाका बारेमा समेत बृहत् छलफल गरिने बताइएको छ ।

सम्मेलनकै क्रममा सरोकारवालाको सहभागितामा विभिन्न विषयगत समूहमा आधारित रहेर कार्यपत्र प्रस्तुत हुने मन्त्रालयका अधिकारीले जनाएका छन् । सम्मेलनमा सम्बन्धित क्षेत्रका जानकारले ‘युवा उद्यमशीलता’, ‘कामको भविष्य’, विद्यमान रोजगार नीतिमा गरिनुपर्ने सुधारका बारेमा छलफल गर्नेछन् ।

सम्मलेलनमा श्रम तथा रोजगार क्षेत्रमा देखिएका विश्वव्यापी परिवर्तन, प्रविधिको विकाससँगै परम्परागत श्रम क्षेत्रमा देखापरेको चुनौतीलगायत विषयमा समेत छलफल हुनेछ । सम्मेलनमा श्रम तथा रोजगार क्षेत्रका जानकार, ट्रेड युनियनका प्रतिनिधि, उद्योगी व्यवसायी, सरकारी अधिकारी, नीति निर्माणमा सक्रिय अधिकारीको सहभागिता हुने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement