केन्द्रीय बैंकले लगायो कल निक्षेपमा 'क्याप'

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कल निक्षेप (कल डिपोजिट) १० देखि १५ प्रतिशतको सीमामा कायम राख्न  कल डिपोजिटमा क्याप लगाएको छ । राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै सो व्यवस्था लागू गरेको हो ।

राष्ट्र बैंकले नयाँ वाणिज्य बैंकको कुल निक्षेपमा कल डिपोजिट अंश १० प्रतिशत नाघ्न नहुने व्यवस्था गरेको छ । त्यस्तै, विकास बैंक तथा वित्त कम्पनीको कुल निक्षेपमा कल डिपोजिटको अंश १५ प्रतिशत नाघ्न नहुने व्यवस्था गरेको हो । अर्थात्, अब वाणिज्य बैंकहरूले कुल निक्षेपको १० प्रतिशत र विकास बैंक तथा वित्त कम्पनीले कुल निक्षेपको १५ प्रतिशतभन्दा बढी कल डिपोजिट लिन पाउनेछैनन् ।

हाल तोकिएको भन्दा बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाले आगामी ०७७ असारसम्ममा तोकिएको सीमामा कायम गरिसक्नुपर्नेछ । अर्थात्, बैंक तथा वित्तीय संस्थाले अबको एक वर्षभित्र कल डिपोजिटलाई तोकिएको सीमामा कायम गरिसक्नुपर्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement