मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिरशेखर बज्राचार्य नियुक्त

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिरशेखर बज्राचार्य नियुक्त भएका छन् । त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्यले यस विकास बैंकमा नियुत्त हुनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनको विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।

मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा एटिएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement