एक्काइस लाख ठगी गरेको भन्दै आधुनिक बहुउद्देश्यीय सहकारीका लेखा प्रमुखलाई जेल सजाय

Advertisement

काठमाडौं । ठगी मुद्दामा एक बर्ष जेल र २० लाख ९५ हजार रुपियाँ जरिवाना भुक्तान नगरी फरार रहेका बनस्थलीस्थित आधुनिक बहुउद्देश्यीय सहकारी संस्थाका लेखा प्रमुखलाई पक्राउ गरी जेल सजायका लागि सुनसरीको कारागार कार्यालय झुम्का पठाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार चौधरीलाई एक बर्षअघि काठमाडौं जिल्ला अदालतले एक बर्ष जेल र २० लाख ९५ हजार रुपियाँ जरिवाना सजाय सुनाएको थियो । सजाय भुक्तान नगरी फरार रहेका दिलिपलाई प्रहरीले शुक्रबार इटहरिबाट पक्राउ गरी सुनसरी जिल्ला अदालतमा पेश गरेर झुम्का कारागार चलान गरेको हो ।

आधुनिक बहुउद्देश्यीय सहकारीमा २०६६ सालदेखि काम गरेका उनले बैंकमा जम्मा गरेको छु भनी संस्थाको स्टेटमेन्ट नक्कली बनाई पटक पटक गरेर २० लाख ९५ हजार रुपियाँभन्दा बढि ठगी गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement