‘प्रेम गीत ३’ का लागि छानिए २५ युवती, कस्ले मार्ला बाजी ?

Advertisement

काठमाडौँ । दर्शकले निकैमन पराईएको सिरिज हो ‘प्रेमगीत’ । दुई सिरिजको सफलतापछि निर्माण युनिटले तेस्रो सिरिज निर्माण गर्न लागेको हो।

‘प्रेम गीत ३’को लागि मुख्य नायकमा ‘प्रेम गीत’ कै नायक प्रदीप खड्का रहनेछन् । प्रदीपले यस चलचित्रमा प्रेमको भूमिका निर्वाह गर्नेछन् । यस्तैमा, निर्माण युनिटले चलचित्रको ‘गीत’ पात्रको लागि नायिकाको अडिसन आह्वान गरेको थियो । यस पात्रको लागि युवतीहरुको निकै उत्साह जनक सहभागिता रह्यो । देश तथा विदेशबाट २ हजार ७ सय १४ जनाले यस पात्रको लागि अडिसनका लागि आवेदन भरेका थिए ।

अहिले निर्माण युनिटले २ हजार ७ सय १४ जनाबाट उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको छ । जहाँ चलचित्र क्षेत्रमा चिनिएका अनुहारदेखि म्युजिक भिडियोमा व्यस्त मोडलहरु पनि त्यहाँ सहभागी छन् ।

अहिले छानिएका टप २५ बाट निर्देशक, छायांकार, करियोग्राफर लगायतको टिमले अडिसन लिएर उत्कृष्ट एक नायिका छनोट गर्ने बताइएको छ । निर्माता सेनले भने, ‘हाम्रो टिमले नै उहाँहरुको अडिसन लिनेछ र उत्कृष्ट १ छान्नेछ ।’

१८ वर्ष भन्दामाथि र २५ नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ुगीतु का लागि अडिसन दिन सक्ने निर्माण कम्पनीले विज्ञप्तीमार्फत् जानकारी गराएको थियो । जेठ १० गते बिहीवारबाट अडिसन आह्वानको मिति सकिएको छ ।

Advertisement

Advertisement

Advertisement